विना विवाह दोस्रोपटक आमा बनिन् रिहाना

नेपालभ्युज

विना विवाह दोस्रोपटक आमा बनिन् रिहाना

एजेन्सी । पप गायिका रिहानाको घरमा खुशीको माहोल छ । उनी दोस्रोपटक आमा बनिन् । ३५ वर्षकी पप गायिका रिहानाले यही ३ अगस्तमा नै छोरालाई जन्म दिएकी थिइन् जसको खुलासा अहिले भएको छ ।

सन् २०२२ मे महिनामा रिहानाले पहिलो छोरो रजालाई जन्म दिएकी थिइन् । रिहानाको यो दोस्रो बच्चा हो तर उनले अहिलेसम्म आफ्ना ब्वायफ्रेन्ड असप रक्कीसँग विवाह भने गरेकी छैनन् ।

जोडीले अहिलेसम्म बच्चा जन्मिएको खबर तथा बच्चाको नाम औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । टीनभोगमा प्रकाशित समाचारअनुसार रिहानाले दोस्रो छोराको नाम आफ्नी आमाको नाम माथि राखेकी छन् जसको अंग्रेजी अक्षर आरबाट सुरु हुन्छ ।

रिहाना र रक्कीले सम्बन्धबारे सन् २०२१ मा आधिकारिक रुपमा खुलासा गरेका थिए, जब उनी पहिलोपटक गर्भवती थिइन् । यसको तीन वर्ष अघिदेखि नै उनीहरु साथी थिए ।

रिहाना रक्की भन्दा पहिला क्रिस ब्राउनसँग सम्बन्धमा थिइन् । जहाँ उनी घरेलु हिंसाको शिकार समेत भएकी थिइन् । रिहाना क्यारिबियन पप गायिका हुन् । उनले ९ वटा ग्रामी अवार्ड, १३ वटा अमेरिकन म्यूजिक अवार्ड, १२ वटा बिलबोर्ड म्यूजिक अवार्ड र ६ वटा गिनीज वर्ल्ड रेकर्ड समेत हासिल गरिसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved