महिला टी–२० क्रिकेट : नेपालले कुवेतलाई ३४ रनले हरायो

नेपालभ्युज

महिला टी–२० क्रिकेट : नेपालले कुवेतलाई ३४ रनले हरायो

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० क्रिकेटमा नेपालले कुवेतलाई ३४ रनले हराएको छ। लगातार दुई खेल जित्दै नेपाल फाइनल नजिक पुगेकाे छ।

बुधवार मलेसियाको ब्यूमास ओभालमा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित समयमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो।

कुवेतका लागि जीफा जिलानीले ११, खदिजा खलिले १० र मरिअमा हैदरले ९ रन जोडे। बलिङतर्फ नेपालकी इन्दू बर्माले ३ विकेट लिइन्। यस्तै खुशी डंगोलले २ र कविता कुँवरले १ विकेट लिए।

नेपालको तर्फबाट इन्दू बर्माले सर्वाधिक २३ रन पनि बनाइन । यस्तै, बिन्दू रावलले २० र काजल श्रेष्ठले १९ रन बनाइन्। कुवेतकी मरिअमा हैदरले चार, मरियम ओमरले २ र खदिजा खलिले एक विकेट लिए।

चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंककासाथ शीर्षस्थानमा छ। सिरिजमा नेपालले तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved