नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार

नेपालभ्युज

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज  १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो ।

मंगलबार सबै उपसूचकमा हरियाली छाएको छ ।  यस दिन बजारमा ६० लाख ३१ हजार ३५६ कित्ता सेयरको खरिद-बिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यसैगरी, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved