बस्दै नबसी संसद् बैठक स्थगित

नेपालभ्युज

बस्दै नबसी संसद् बैठक स्थगित

काठमाडौं । बस्दै नबसी आज निर्धारित प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद् खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुसँग छलफल गरेका छन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले पनि संसद् खुलाउने विषयमा प्रमुख दलका सचेतकहरुसँग छलफल भएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै निरन्तर सदन अवरोध गरिरहेको छ ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved