इटालीमा गर्मी : कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्सान हुने अनुमान

नेपालभ्युज

इटालीमा गर्मी : कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्सान हुने अनुमान
फाइल फोटो

इटालीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटालीमा अत्यधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्सान हुने अनुमान गरेको छ ।

यो इटालीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रूपमा रहने उनीहरूको भनाइ छ । रिपोर्टका अनुसार इटालीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ । जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन् ।

इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो । यस वर्षको तापक्रम औसतभन्दा ०.७६ डिग्री सेल्सियले बढी छ । जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्यभन्दा १.९६ डिग्री सेल्सियस बढी रेकर्ड कायम भएको थियो । तर, यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ ।

२०२२ इटालीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो । इटालीमा २०१४ यताका वर्षहरूमा सबैभन्दा बढी गर्मी छ । तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ । इटालीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ ।

सोमबारबाट मध्य र दक्षिण इटालीमा गर्मीको अर्को लहर सुरु हुने अनुमान छ । ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्री सेल्सियसले तापक्रम बढ्ने अनुमान छ । मध्य र दक्षिण इटालीका धेरै भागहरूमा आगामी दिनहरूमा उच्च तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved