संसद् अवराेध नियमसंगत छैन- सुवास नेम्वाङ

नेपालभ्युज

संसद् अवराेध नियमसंगत छैन- सुवास नेम्वाङ

काठमाडौं। एमालेले निरन्तर संसदमा अवरुद्ध पारिरहेका बेला साेही पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले याे नियमसंगत नरहेकाे बताएका छन् ।

धुलिखेलमा आयाेजित एक कार्यक्रममा नेम्वाङले संविधान बनाउँदा नै संसद् अवराेध नगर्नेबारे गम्भीर छलफल भएकाे स्मरण गरे ।

उनले भने, ‘संसद अवरोध नियम संगत हैन । संविधान र नियमसंगत हैन । राजनीतिक दलले अवरोध गर्छन् ।’

भारतमा आँखा झिम्काउनेदेखि फ्लाइङ किससम्मको विवाद हुने गरेकाे भन्दै नेम्वाङले भने, ‘हाम्रोमा पनि अवरोध हुने कुरा छ । संविधान निर्माणताका अवरोध नगरौँ भनेर छलफल गराएको हो । त्यतिबेला संविधानसभा अवरोध नहुने, व्यवस्थापिकामा चाहिँ अवरोध हुन्थ्यो । त्यो बेला सोफा नफुटेको त हैन, गलबन्दी लगाएर साथीभाइहरू उडेर नआएको हैन । खुर्सानीको धुलोसम्मकाे कुरा आयो । मैले भन्न खोजेको अवरोध नियमसंगत हैन ।’

राजनीतिक दलहरूले गर्ने अवरोधमा सोही दल जिम्मेवार हुनुपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved