भदौ ४ गते कर्णालीमा सार्वजनिक बिदा, सहिद दिवस मनाइने

नेपालभ्युज

भदौ ४ गते कर्णालीमा सार्वजनिक बिदा, सहिद दिवस मनाइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिने भएको हो ।

कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले बताइन् ।

कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved