बुहारीलाई निर्घात कुट्ने ससुरा पक्राउ (भिडिओ)

नेपालभ्युज

बुहारीलाई निर्घात कुट्ने ससुरा पक्राउ (भिडिओ)
बुहारी कुट्दै गर्दाको भिडिओको स्कृनसर्ट र पक्राउ परेका कुटुवा भर्थरी चौधरी

काठमाडौं। बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ। बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरी पक्राउ परेका हुन्।

भर्थरीलाई बिहीबार इलाका प्रहरी कार्यालय, बाँसगढीले पक्राउ गरेको हो। बाँसगढीका प्रहरी निरीक्षक सुधीर खड्काले बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि हदैसम्म लाग्ने मुद्दामा कारबाही चलाउने बताए।

उनले बुधबार बुहारी २६ वर्षीया प्रमीलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुने गरी कुटपिट गरेका थिए। कुटपिटको भिडिओ नेपाल भ्युजको फेसबुक पेजमा पनि हेर्न सकिन्छ।

कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि उनी रोकिएनन्। बरु उनले आफूलाई रोक्न आउने अरू महिलामाथि नै हातपातको प्रयास गरेका थिए। प्रमीलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved