सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला

नेपालभ्युज

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँको बराबरको तीन करोड २० लाख कित्ताको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले न्यूनतम १० देखि अधिकतममा २० हजार कित्ताका लागि  प्रतिकित्ता १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन खुला गरेको हो । यस्तै, कर्मचारीको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ जारी गरेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले ४ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग अनुसार आवेदन नपरेमा आवदन दिने म्याद १४ भदौसम्म लम्बिनेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved