सल्यानमा बेवारिसे शव फेला

सल्यानमा बेवारिसे शव फेला
सांकेतिक तस्वीर।

सुर्खेत। सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्रा सल्लेरीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । स्थानीय महाभारत सामुदायिक वनमा शव देखेपछि स्थानीयले काभ्रा प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि लुहामबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए ।

‘मृतकको नाम, थर, वतन र घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ उनले भने,‘शवलाई प्रहरी मुचुल्कापश्चात् पोस्टमार्टमका लागि अस्पताल लगिनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved