सलमान खान बिग बोसपछि जानेछन् जासुस बनेर पाकिस्तान

नेपालभ्युज

सलमान खान बिग बोसपछि जानेछन् जासुस बनेर पाकिस्तान

एजेन्सी। बिग बोस ओटीटी २ पछि अब सलमान खान आफ्नो आगामी फिल्म ‘टाइगर ३’ लाई लिएर चर्चामा छन्।

खबरअनुसार यो फिल्म यही वर्ष दिपावलीमा रिलीज हुनेछ। खबरअनुसार फिल्ममा सलमान खान एकपटक फेरि फिल्ममा एजेन्टको भूमिकामा देखिनेछन्। ‘किसी का भाई किसी की जान’ फ्लप भएपछि प्रसशंकहरुलाई सलमानको यस फिल्मबाट एकदमै धेरै आसा छ।

मनीष शर्माद्वारा निर्देशित ‘टाइगर ३’ मा सलमान खान र कैटरीना कैफ मुख्य भूमिकामा छन्। यस फिल्ममा इमरान हाशमीलाई खलनायकको भूमिकामा देख्न सकिनेछ।

खबर यो पनि आएको छ कि फिल्ममा केहीबेर शाहरुख खान पनि देखिनेछन्। ‘टाइगर ३’ नोभेम्बर २०२३ मा दिपावलीको हप्ता रिलीज गर्नका लागि तयारी गरिएको छ।

मिडिया रिपोर्टका अनुसार ‘टाइगर ३’ मा सलमान खान एक जासुस एजेन्टको रुपमा पाकिस्तान जानेछन्। फिल्ममा भारत र पाकिस्तानबीच भएको एक ठूलो मुठभेडलाई देखाइनेछन् जसका लागि निर्माताहरु पूर्ण तयारीमा लागिपरेका छन्।

फिल्ममा इमरान हाशमीलाई आईएसआई एजेन्टका रुपमा देख्न सकिनेछ। यही फिल्मलाई लिएर सलमान खान एकदमै व्यस्त छन्। यस फिल्ममा एकपटक फेरि सलमान र कैटरिनाको जोडीलाई देख्न पाइनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved