३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

नेपालभ्युज

३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाइने छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved