कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

अघिल्लो वर्षको तुलनामा सुधार

राष्ट्रिय परीक्षा बोर्डले २६ वैशाखदेखि सुरु भई ५ जेठमा सम्पन्न भएको कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिन्छ।

नेपालभ्युज

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २६ वैशाखदेखि सुरु भई ५ जेठमा सम्पन्न भएको कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिन्छ।

देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नेपाल जानकारी दिए। गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ।

त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved