कांग्रेस सांसद सुनील शर्माविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्वीरहरू)

कांग्रेस सांसद सुनील शर्माविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज कांग्रेस सांसद सुनील शर्माविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

नक्कली प्रमाणपत्र प्रकरणमा मुछिएका शर्मालाई तुरुन्त कारबाहीको माग राख्दै अखिल क्रान्तिकारी प्रदर्शनमा उत्रिएको हो।

सांसद शर्मालाई गत बिहीबार नक्कली प्रमाणपत्र प्रकरणमा उनकै निवासबाट सीआईबीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार म्याद थप गर्ने क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई साधारण तारेखमा छोडेको थियो।

ब्रेक शुभित्र लुकाएर तस्करी गरी ल्याएको सुन पक्राउ परेसँगै सांसद शर्माले संसदमै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आइरहेका छन्।

शर्माले साउन २८ गतेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञासमेत दिएका थिए। यससँगै माओवादी समर्थित विभिन्न भातृ संगठनहरू शर्माविरुद्ध आक्रमक हुँदै आएका छन्।

आजको प्रदर्शनमा अखिल क्रान्तिकारीले शर्मालाई जहाँ भेट्यो त्यही कालोमोसो दल्दिनसमेत आह्वान गरेको छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved