फिल्म ‘सुपरफ्लप’ भए पनि ‘वर्ष स्टार’ उपाधि पाएपछि उठ्यो अनमोलले पाएको अवार्डमा प्रश्न

नेपालभ्युज

फिल्म ‘सुपरफ्लप’ भए पनि ‘वर्ष स्टार’ उपाधि पाएपछि उठ्यो अनमोलले पाएको अवार्डमा प्रश्न

काठमाडौं। अभिनेता अनमोल केसीले पाएको ‘वर्ष स्टार’ अवार्डमा प्रश्न उठ्न थालेको छ। अमेरिकामा केही दिनअघि भएको ग्लोबल नेपाली फिल्म अवार्डबाट ‘वर्ष स्टार’ अवार्ड प्राप्त गरेका उनको सोही अवार्डमा प्रश्न उठेको हो।

‘वर्ष २०२३ सालको स्टार’को उपाधि नायक अनमोल केसीले हात पारेका थिए भने नायिका स्वस्तिमा खड्का वर्ष नायिका घोषित भएकी थिइन्।

तर, अहिले अनमोललाई कुन चलचित्रबाट वर्ष स्टारको अवार्ड दिइयो भन्ने प्रश्न उठेको छ। जबकि उनले सन् २०२३ मा खेलेको एक मात्र चलचित्र ‘छड्के २’ फ्लप भएको थियो।

निगम श्रेष्ठले निर्देशन गरेको ‘छड्के २’ मा अनमोल मुख्य भूमिकामा थिए।  ‘छड्के २’ पछि सन् २०२३ मा अनमोलले कुनै पनि फिल्म खेलेका छैनन्। उक्त फिल्म बक्स अफिसमा सुपरफ्लप भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved