सुन काण्डबारे शेखर कोइराला भन्छन्- ‘उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ’

नेपालभ्युज

सुन काण्डबारे शेखर कोइराला भन्छन्- ‘उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ’

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा बोल्दै डा. कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको दाबी गरेका हुन् । उनले  भने, ‘४०० देखि ५०० टन सुन नेपालबाट कहाँ र कसरी जाँदैछ ? यो सबैले बुझ्न जरुरी छ।’

प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरू हेर्नुस्, के भइरहेको छ ?उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ?’ उनले भने ।

कांग्रेस नेता कोइरालाले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले अहिले आपत्तिजनक र बोल्नै नमिल्ने अभिव्यक्ति दिन थालेको भन्दै नेतृत्वको धारणा के हो भनेर प्रश्नसमेत उठाएका छन् ।

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भन्ने कुरामा गम्भीररूपमा सोच्न जरुरी रहेको बताउँदै उनले  प्रतिशोधको भावनाले अरु पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेर ल्यारक्याल लामाहरूको नियुक्तिले आफ्नो पार्टीको छवि कमजोर भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved