‘गदर-२’ को पहिलो दिनको कमाइ ४० करोड

नेपालभ्युज

‘गदर-२’ को पहिलो दिनको कमाइ ४० करोड

मुम्बई। सन्नी देओल अभिनीत  गदर-२ ले पहिलो दिनमै धमाका मच्चाएको छ । शुक्रबार रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन् ।

फिल्मलाई अत्यधिक रूचाइएपछि सलमान खानले पनि साे चलचित्रकाे तारिफ गरेका छन्। उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर । सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ ।’

फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाइ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ ।

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved