थुनामुक्त भएपछि सुनिल शर्माले मागे गृहमन्त्री नारायणकाजीको राजीनामा

स्वागतमा फूलमाला लिएर पुगे दुर्गा प्रसाईँ

नेपालभ्युज

थुनामुक्त भएपछि सुनिल शर्माले मागे गृहमन्त्री नारायणकाजीको राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सांसद  डा. सुनिल शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएपछि फेरि गृहमन्त्रीको राजीनामा मागेका छन्। सुन तस्करी प्रकरणमा सघाएको भन्दै संसद्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका उनी केही दिनपछि पक्राउ परेका थिए।

बिहीबार पक्राउ परेका उनलाइ शुक्रबार अदालतले म्याद थप्न नमानेपछि छुटे।  थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागे।

‘‘यस्तो आतङ्ककारी गृहमन्त्रीले एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ,’’ उनले भने ।

यद्यपि, आफ्नो गिरफ्तारी प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा भएको उनको जिकिर थियो।

उनले भने, ‘‘हामीले प्रचण्डलाई लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभयो। यसका लागि धन्यवाद भन्न चाहन्छु। पावरको उन्माद हो यो।’’

शर्माले कांग्रेस माओवादीसँगको गठबन्धनबाट बाहिर निस्किनुपर्ने बताए । शर्माकाे स्वागतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि गएका थिए। स्वागतमा फूलमाला लिएर पुगेका थिए। आफूलाई साथ दिएको भन्दै शर्माले दुर्गा प्रसाईँलाई विशेष धन्यवाद दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved