बेलायत बस्दै आएकी युवतीलाई काठमाडौं बोलाएर बलात्कार

नेपालभ्युज

बेलायत बस्दै आएकी युवतीलाई काठमाडौं बोलाएर बलात्कार

काठमाडौंं। बेलायत बसोबास गर्ने युवतीसँग टिकटकमार्फत चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंह छन्।

सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत चिनजान गरेका थिए। सिंहले ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौं बोलाएर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

असार ३१ गते बिजेन्द्रले ती युवतीलाई एअरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित एक होटलमा लगेका थिए । उनले त्यही बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

जबरजस्ती करणीपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेको हो। अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved