बाबुराम भन्छन् – क्यान्टोनमेन्ट घोटालासहित सबै भ्रष्टाचारका फाइल खोल्नुपर्छ

नेपालभ्युज

बाबुराम भन्छन् – क्यान्टोनमेन्ट घोटालासहित सबै भ्रष्टाचारका फाइल खोल्नुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले  माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

उनले एक उच्चस्तरीय भ्रष्टाचार छानबिन आयोग बनाएर क्यान्टोलनमेन्ट घोटालादेखि विभिन्न विमान खरिद घोटलासम्मका फाइल खुल्नुपर्ने बताएका हुन् ।

बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले व्यक्ति हेरेर एउटा–एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा पुर्याउनुपर्ने बताए । आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर आफ्ना कुराहरु लुकाउने काम गर्नु ठिक नहुने उनको भनाइ छ ।

अहिले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेकोले उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नुपर्नेमा उनको जोड थियो ।

ललितानिवास प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved