एमालेको नाराबाजीपछि सोमबारसम्मका लागि संसद् स्थगित

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने मागसहित एमालेले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।

नेपालभ्युज

एमालेको नाराबाजीपछि सोमबारसम्मका लागि संसद् स्थगित

काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने मागसहित एमालेले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमालेले उठेर विरोध जनाएको थियो । एमाले सांसद उठिरहँदा ज्वालाकुमारी शाहले बोलेकी थिइन् । त्यसपछि एमाले सांसद नाराबाजीमा उत्रिएका थिए ।

सभामुख देवराज घिमिरेले पटक–पटक आग्रह गर्दा पनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित भएको हो ।

बैठक सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

एमालेको मागअनुसार मंगलबारको संसदमा सुन तस्करीबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए ।

एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै त्यसपछि पनि सदनमा अवरोध गर्दै आएको छ ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै साउन १० गतेदेखि एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved