नेदरल्याण्ड्लाई हराउँदै स्पेन महिला विश्वकपको सेमिफाइनलमा

निर्धारित ९० मिनेटको समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो  । तर अतिरिक्त समयको १ सय ११ ‌औँ मिनेटमा  ऐनगोनोले गोल गरेर स्पेनलाई विजयी गराइन् ।

नेपालभ्युज

नेदरल्याण्ड्लाई हराउँदै स्पेन महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी। स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा पुगेको छ ।

न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २-१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो  । तर अतिरिक्त समयको १ सय ११ ‌औँ मिनेटमा  ऐनगोनोले गोल गरेर स्पेनलाई विजयी गराइन् ।

यसअघि स्पेनले ८१ औँ मिनेटमा गोल गरेर जितको आधार बनाएको थियो तर इन्जुरी समयको पहिलो मिनेटमा गोल फर्काएर नेदरल्याण्ड्स खेलमा फर्किएको थियो । तर अन्तमा हार बेहोर्न बाध्य भयो ।

आजै जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।

फिफा महिला विश्व कप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल शुरु भएका हुन् । यस्तै, स्पेन र कोलम्बियाले पहिलो पटक विश्व कपको अन्तिम–८ मा स्थान बनाएका छन् । जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved