२७ वर्षअघि पनि बक्स अफिसमा भिडेका थिए ‘सनी र अक्षय’ का यी फिल्म

नेपालभ्युज

२७ वर्षअघि पनि बक्स अफिसमा भिडेका थिए ‘सनी र अक्षय’ का यी फिल्म

एजेन्सी। बलिउडका दुई जना दिग्गज अभिनेता सनी देओल र अक्षय कुमारका संसारभर धेरै नै फ्यान फलोइंग छन् । दुवै सुपरस्टार आफ्नो दमदार अभिनयले दर्शकलाई लगातार मनोरञ्जन गर्दै आइरहेका छन् ।

यो महिना ११ अगस्टका दिन बक्स अफिसमा सनी देओल र अक्षय कुमारबीच धमाकेदार टक्कर हुन गइरहेको छ । सनी देओलको फिल्म ‘गदर २’ र अक्षय कुमारको फिल्म ‘ओएमजी २’ एकैदिन एकसाथ रिलिज हुन गइरहेको छ ।

यसैबीच, खबर आएको छ कि, २७ वर्ष पहिले पनि यसरी नै उनीहरूको फिल्म टकराएका थिए । २७ वर्ष पहिले दुवैका फिल्म ‘घातक’ र ‘सपूत’ बक्स अफिसमा एकै दिन टकराएका थिए । अब हेर्न यो छ कि यसपटक दुवैको फिल्म मध्ये कसको फिल्म कमाइको विषयमा अगाडि निस्कन्छ । फिल्मको कथा तथा विषय जस्तो भए पनि यसको चर्चाको मुख्य विषय भनेको बक्स अफिसमा कति कमाइ गर्‍यो भन्ने नै हुन्छ ।

यसपटकका दुवैका फिल्म वर्षौंदेखि उनीहरूका प्रसंशकले कुरेको फिल्म हो । साथमा अक्षयको फिल्म ‘ओएमजी’ को पहिलो फिल्म र सनीको ‘गदर’ बक्स अफिसमा एकदमै धेरै कमाइ गरेका तथा सुपरहिट फिल्मभित्र पर्छन् । त्यसैले यसपटक कसको फिल्मले कति कमाउँछ वा चल्छ भनेर भनिहाल्ने अवस्था भने छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved