डुरान्ड कपः त्रिभुवन आर्मी र दिल्लीको बराबरी

नेपालभ्युज

डुरान्ड कपः त्रिभुवन आर्मी र दिल्लीको बराबरी
तस्वीर स्रोतः डुरान्ड कप/फेसबुक

काठमाडौं। भारतको प्रतिष्ठित डुरान्ड कप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लब र दिल्ली फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ।

साई स्टेडियममा बुधबार भएको खेलमा आर्मी र दिल्लीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाडेका छन्।आर्मीको लागि दिनेश हेन्जनले गोल गरे। दिल्लीको लागि गोल फर्काए।

खेलको ३९ औँ मिनेटमा दिनेशले आर्मीको लागि गोल गरे। ८८ औँ मिनेटमा गिरिकले दिल्लीको लागि हेडर गोल फर्काए। यससँगै खेल १–१ को बराबरीमा पुग्यो।

आगामी सोमबार त्रिभुवन आर्मी क्लब र चिन्नाई फुटबल क्लब आमने सामने हुनेछन्। आर्मी, चिन्नाई फुटबल क्लब, दिल्ली फुटबल क्लब र हैदराबाद फुटबल क्लबसँगै समूह ईमा रहेको छ। प्रतियोगितामा कुल २४ टोलीको सहभागीता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved