मनाइयो विश्व आदिवासी जनजाति दिवस (तस्वीरहरू)

राजधानी काठमाडौंका विभिन्न स्थानमा आफ्नै संस्कृति र पहिचान झल्किने भेषभूषामा पहिरिएर उनीहरूले नाराबाजी गर्दै दिवस मनाएका हुन् ।

मनाइयो विश्व आदिवासी जनजाति दिवस (तस्वीरहरू)

काठमाडौं । आदिवासी जनजाति समुदायले २९औं विश्व आदिवासी जनजाति दिवस मनाएका छन् । राजधानी काठमाडौंका विभिन्न स्थानमा आफ्नै संस्कृति र पहिचान झल्किने भेषभूषामा पहिरिएर उनीहरूले नाराबाजी गर्दै दिवस मनाएका हुन् ।

‘पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान-सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ’ भन्ने नाराका साथ उनीहरूले विभिन्न बाजागाजा बजाउँदै दिवस मनाएका हुन् ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved