सीके राउत भन्छन्- विकासे आयोजनाका लागि जनतामाथि डोजर चलाउनु हुन्न

नेपालभ्युज

सीके राउत भन्छन्- विकासे आयोजनाका लागि जनतामाथि डोजर चलाउनु हुन्न

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले जनतामाथि डोजर चलाएर कुनै परियोजना बनाउन नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले विद्युत् उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताएका हुन् ।

उनले सरकारले जनतालाई पेलेर जलविद्युत् परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध गर्ने चेतावनी पनि दिए ।

उनले कुनै पनि विकासे योजना जनता र प्राकृतिक संरचना मास्ने खालको हुन नहुने तर्क गरे ।

सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले विद्युत् उत्पादनको लागि संकटकाल लगाउन आवश्यक नभएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved