आईएस लडाकुद्वारा १० जना सिरियाली सैनिक मारिए

नेपालभ्युज

आईएस लडाकुद्वारा १० जना सिरियाली सैनिक मारिए

सिरिया । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ ।

सोमबार साँझ भएको उक्त आक्रमण छ जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन् भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो ।

गत साता आईएसले आफ्ना नेता अबु अलहुसेन अलहुसेनी अलकुरेशीको मृत्यु भएको घोषणा गरेको थियो । उत्तर पश्चिमी सिरियामा भएको झडपमा उनी मारिएका उसले बताएको थियो । सिरियाका मरुभूमिमा लुकेका आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनामाथि आक्रमण गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved