शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन, संसद् भोलिसम्मका लागि स्थगित

नेपालभ्युज

शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन, संसद् भोलिसम्मका लागि स्थगित

काठमाडौं । शीर्ष नेताबीच सहमति हुन नसकेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक स्थगित गरिएको हो । बैठक भोलि दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो ।

शीर्ष नेताको बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पछि नहटेपछि दलहरुबीच सहमति जुट्न नसकेको हो ।

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछि बैठक सूचना टाँसेर स्थगित भएको थियो । आजै १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved