सर्वोच्चको आदेश अनुसार ललिता निवास प्रकरणको निष्पक्ष छानबिन होस्, सघाउन तयार छु : डाक्टर भट्टराई

आफू प्रधानमन्त्री हुँदा भएका सबै निर्णयहरूको निष्पक्ष छानविन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई उनले अग्रह गरेका छन्।

नेपालभ्युज

सर्वोच्चको आदेश अनुसार ललिता निवास प्रकरणको निष्पक्ष छानबिन होस्, सघाउन तयार छु : डाक्टर भट्टराई

काठमाडौं।  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दोषी पाइएमा जतिसुकै उच्च तहको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताएका छन्।

सर्वोच्च अदालतले आइतबार ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्णय हुँदाको बखतका मन्त्रिपरिषद्का सदस्यलाई समेत अनुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशले पूर्वप्रधानमन्त्रीहरू डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ।

सर्वोच्चको आदेशपछि फेसबुकमा स्टाटस लेख्दै डाक्टर भट्टराईले ललितानिवासलगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानुन विपरित, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्ने उल्लेख गरे।

उनले देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने आफ्नो आजीवन मान्यता र प्रतिबद्धता रहेको पनि उल्लेख गरेका छन्।

आफू प्रधानमन्त्री हुँदा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई उनले आग्रह पनि गरेका छन्।

ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्ने पनि डाक्टर भट्टराईले प्रतिवद्धता जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved