माओवादी पदाधिकारीको जिम्मेवारी फेरियो- शर्मालाई बागमती र पुनलाई विशेष प्रदेशको जिम्मा

नेपालभ्युज

माओवादी पदाधिकारीको जिम्मेवारी फेरियो- शर्मालाई बागमती र पुनलाई विशेष प्रदेशको जिम्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

फेरिएको जिम्मेवारीअनुसार बागमती प्रदेशको कमाण्ड उपमहासचिव जनार्दन शर्माले सम्हाल्ने भएका छन् । त्यस्तै अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ।

सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन् भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चा, अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार विभाग प्रमुख र पम्फा भुसाललाई जनवर्गीय संगठन इन्चार्ज बनाइएको छ ।

यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved