गौरीकुण्ड पहिरो अपडेट : १३ नेपालीसहित १९ जना अझै बेपत्ता, ३ जनाको शव फेला

नेपालभ्युज

गौरीकुण्ड पहिरो अपडेट : १३ नेपालीसहित १९ जना अझै बेपत्ता, ३ जनाको शव फेला

उत्तराखण्ड। भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रको गौरीकुण्डमा गएको पहिरोमा ३ जनाको शव फेलागरेको छ भने १९ जना बेपत्ता भएका छन्। बेपत्ता १९ जनामध्ये १३ जना नेपाली रहेका छन् ।

बिहीबार रातिदेखि परेको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेलसमेत पहिरोले बगाएको छ ।

पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन् । जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बेपत्ता  हुनेमा जुम्ला पातारासी-३ का सुखराम रावत का २८ वर्षीय अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा रहेका छन्।  पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् ।

यस्तै, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved