बन्द हुने अवस्थामा आयो पशुपंक्षी रोग अन्वेषण प्रयोशाला

बन्द हुने अवस्थामा आयो पशुपंक्षी रोग अन्वेषण प्रयोशाला

सुर्खेत। संघीय सरकार मातहतमा रहेको कर्णाली प्रदेश पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला बजेट अभावका कारणले बन्द गरेको छ । संघीय सरकारले बजेटको व्यवस्था नगर्दा अहिले कर्णाली प्रदेश पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला गरेको हो ।

आर्थिक वर्ष ०८०-०८१ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचना अन्योलताका कारण यस पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतका लागि कुनै पनि शीर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति २०८० साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

संघीय सरकारले बजेटको व्यवस्था नगर्दा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको प्रयोगशालाका पशु चिकित्सक डा. जितेन्द्र श्रेष्ठले बताए । ‘हामीले कर्णाली प्रदेशका दशवटा जिल्ला र लुम्बिनी प्रदेशका ६ वटा जिल्ला हेर्दै आएका थियौं ।’ उनले भने,‘तर, सरकारले बजेटको व्यवस्था नगर्दा अब बन्द गर्नुपर्ने अवस्था आइपुगेको छ ।’

पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न रोगहरू बाधक हुने हुँदा पशुपन्क्षी जन्य रोगहरूलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परीक्षण गरी समयमै औषधि, उपचार तथा रोकथामका विधिहरू अपनाई रोग उन्मूलन गर्ने उद्देश्य प्रयोगशालाको स्थापना गरिएको भए पनि संघ सरकारको उपेक्षाले सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डा. जितेन्द्र श्रेष्ठले बताए ।

अहिले पशुपंक्षीमा लम्पी स्किन लगाएतका रोग विकराल रूपमा फैलिँदै गएको अवस्थामा प्रयोगशाला बन्द गर्नुपर्ने अवस्था आएकाले यसको असर पर्ने डा.श्रेष्ठले बताए। पशुपंक्षी रोग अन्वेषण प्रयोगशालासँग यसभन्दा अगाडि केही आपतकालीनका रोगबाहेक अन्य बजेट संघीय सरकारले नै विनियोजन गर्ने भएकाले यसपालि संघीय सरकारले बजेट व्यवस्थापन नगरेको र अब प्रदेश समन्वय परिषद्को बैठक बसेर यस विषयमा छलफल गरिने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारीमन्त्री भीमप्रकाश शर्माले बताए । ‘विगतमा हामीले सहकार्य गर्ने गरेका थियौं । अहिले संघीय सरकारले बजेट नै विनियोजन गरेन ।’ उनले भने,‘यस विषयमा संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौं ।’

संघीय सरकारबाट नै सञ्चालित भएको कार्यालय भएकाले यसभन्दा अगाडी कुनै रोगको प्रकोप देखिदा आफुहरूले सहकार्य गर्ने गरेको अहिले बजेटको अभावको विषयमा कुनै जानकारी नभएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी मन्त्रालयका प्रवत्ता धनबहादुर कठायतले बताए । ‘यो संघीय मन्त्रालयबाट सञ्चालन भएको कार्यालय हो ।’ उनले भने,‘यो विषयमा कुनै जानकारी नै भएन् । यो संघीय सरकारसँग सम्बन्धित मन्त्रालय हो ।’

प्रयोगशालाबाट नियमित रूपमा सञ्चालित प्रयोगशाला सेवा कार्यक्रमअन्तर्गत परजीवि पहिचान, प्याथोलोजी सेवा, माइक्रोबायोलोजी सेवा तथा मलीकुलर बायोलोजी सेवा प्रमुख हुन । यसका साथै नियमित रोग सर्भिलेन्स, ईपिडेमिक रोग अन्वेषण पनि नियमितरूपमा हुँदै आइरहेको छ । जसको फलस्वरूप बर्डफ्लुजस्ता माहामारी रूपमा देखापर्ने सिमाविहीन पशु रोगहरूको समयमै सही रूपमा रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग पुगेको छ ।

संघीय सरकारले प्रयोगशालाका लागि आवश्यक बजेटको व्यवस्था नगरेपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डाक्टर जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘संघीय सरकारको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेटमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको एलएमबीआईएस प्रविष्ठ गरिसकेको बजेटसमेत हटाएको छ,’ डाक्टर श्रेष्ठले भने, ‘संघ सरकारले चालु आर्थिक वर्षका लागि बजेट नपठाउदा प्रयोगशालाको कार्यक्षेत्र भित्र पर्ने कर्णाली र लुम्बिनी प्रदेशका १६ जिल्लामा प्रवाह गरिँदै आएका (मौखिक परामर्शलगायत खर्च नलाग्ने) सेवा बाहेक अन्य सम्पूर्ण सेवा सोमबारदेखि बन्द भएका छन् ।’

पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न रोगहरू बाधक हुने हुँदा पशुपंक्षी जन्य रोगहरूलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परीक्षण गरी समयमै औषधि, उपचार तथा रोकथामका विधिहरू अपनाई रोग उन्मूलन गर्ने उद्देश्य प्रयोगशालाको स्थापना गरिएको भएपनि संघ सरकारको उपेक्षाले सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डाक्टर जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

डाक्टर श्रेष्ठका अनुसार प्रयोगशालाबाट नियमित रूपमा संचालित प्रयोगशाला सेवा कार्यक्रम अन्तर्गत परजीवि पहिचान, प्याथोलोजी सेवा, माइक्रोबायोलोजी सेवा तथा मलिकुलर बायोलोजी सेवा प्रमुख हुन् ।  साथै नियमित रोग सर्भिलेन्स, इपिडेमिक रोग अन्वेषण पनि नियमितरूपमा हुँदै आइरहेको छ । जसको फलस्वरूप बर्ड फ्लुजस्ता महामारी रूपमा देखापर्ने सीमाविहीन पशु रोगहरूको समयमै सही रूपमा रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved