पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द

नेपालभ्युज

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द

काठमाडौं । पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिकै माथिबाट लेदो र माटो झरेपछि सडक बन्द भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पञ्छाउन आवश्यक उपकरण तैनाथ गरिएको कार्यालयले जनाएको छ । पहिरो गएपछि गन्तव्यमा हिँडेका गाडी रोकिएका छन् ।

पहिरो पञ्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved