शरीरमा देखिने संकेत जसले बताउँछ तपाईं क्रियाशील हुनुहुन्न

नेपालभ्युज

शरीरमा देखिने संकेत जसले बताउँछ तपाईं क्रियाशील हुनुहुन्न

एजेन्सी । हिजोआज मानिस आफ्नै काममा यति व्यस्त हुन्छन् कि आफ्नो स्वास्थ्यका ख्याल गर्ने पनि समय निकाल्न सक्दैनन् ।

अफिसमा बसेर गर्ने काममा यति धेरै व्यस्त हुन्छन् कि शरीरको क्रियाशीलता लामो समय हुँदैन । यसले शरीरमा विभिन्न समस्याहरु ल्याउन सक्छ । त्यस्ता केही संकेतहरु छन्, जसले बताउँछ तपाईं दिनभर क्रियाशील नै हुनुभएको छैन ।

यदी आफूलाई फिट राख्न चाहनुहुन्छ भने शारीरिक रुपमा क्रियाशील हुन एकदमै जरुरी छ । शारीरिक क्रियाकलाप नगर्दा मानिसको तौल बढ्न थाल्छ । यस्तो स्थितिमा तौल नियन्त्रण गर्न गाह्रो हुन्छ । चाहेर पनि तपाईं सजिलै तौल कम गर्न सक्नुहुन्न ।

यदी तपाईं प्रर्याप्त मात्रामा शारीरिक क्रियाकलाप गर्नुहुन्न भने दिनभर अल्छी लाग्छ । तपाईं जतिबेला पनि थकान महसुस गर्नुहुन्छ । यस्तो स्थितिमा प्रायः एनर्जी लो हुने गर्छ ।

यदी तपाईंको शारीरिक क्रियाकलाप कम भयो भने खानपानमा पनि कमी आउन सक्छ । यसले मानिसलाई भोक पनि कम लाग्ने समस्या हुन्छ ।

शारीरिक क्रियाकलाप कम गर्दा मानिसलाई रातमा राम्रो निद्रा पनि आउँदैन । कैयौं व्यक्तिलाई निद्रा लाग्छ तर, बीचबीचमा निद्रा खुल्ने गर्छ ।

यदी तपाईंलाई प्रायः मांसपेशी तथा जोर्नीहरुमा दुखाई हुन्छ भने यो पनि शारीरिक क्रियाकलाप कम हुनुको संकेत हो । शारीरिक सक्रियताले शरीरका कैयौं हिस्साहरुमा लचिलोपन आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved