आईभीएफ प्रविधिसँग जोडिएका रोचक तथ्य

नेपालभ्युज

आईभीएफ प्रविधिसँग जोडिएका रोचक तथ्य

एजेन्सी । आईभीएफ जीवित शिशु बनाउने एउटा प्रमुख प्रविधि हो जसको सहयोगले त्यस्ता जोडीले सन्तान प्राप्त गर्छन् जसलाई प्राकृतिक रूपमा बच्चा जन्माउन असमर्थ भइरहेका छन् । २५ जुलाई १९७८ मा आईभीएफबाट बच्चा लुईजा ब्राउनको जन्म भएको थियो, त्यसैले यस दिनलाई वर्ल्ड आईभीएफ दिनका रूपमा चिनिन्छ ।

जानौँ यसबारेका केही रोचक तथ्य बारे–

१९७८ मा ब्रिटिस डाक्टर पाला स्मालस र पालिनको संयुक्त प्रयासमा दुनियाँको पहिलो आईभीएफ बेबीको जन्म भएको थियो जसको लुईजा ब्राउन थियो ।

आईभीएफको अर्थ हुन्छ, इन भिट्रो फर्टिलाइजेशन जसमा ल्याटिन शब्द छ । यसको अर्थ कचौरामा र फर्टिलाइजेशनको अर्थ हुन्छ गर्भधारण गर्नु । यो प्रविधि त्यस्ता जोडीका लागि बनाइएको हो, जसले प्राकृतिक रूपमा गर्भधारण गर्न समस्या हुने गर्छ।

आईभीएफको सफलतामा विभिन्न कारणहरू निर्भर हुन्छन्, जस्तै महिलाको आयु, शारीरिक स्वास्थ्य, गर्भाशयको स्वास्थ्य र चिकित्सकीय परामर्श । स्वस्थ महिलामा भने लगभग ४० देखि ५० सफलता दर हुने गर्छ ।

यदि तपाईँ पनि आईभीएफ बेबी प्लान गरिरहनु भएको छ भने बेस्टसेलरको किताब अ चाइल्ड इन टाइम  तपाईंका लागि एकदमै फाइदाजनक साबित हुन सक्छ । यस किताबमा २०१७ मा एउटा फिल्म पनि बनेको छ जसको टाइटल पनि यही छ ।

आईभीएफ ट्रिटमेन्टका लागि कुनै पनि भरोसाजनक चिकित्सक वा विशेषज्ञको माध्यमबाट नै सबै प्रक्रियाहरू गर्नुपर्दछ । तपाईँ समय समयमा डाक्टरसँग धेरै विषयमा सल्लाह तथा उपचार लिनुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved