त्रिभुवन विमानस्थलबाट पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय इमरान सिराज रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  अवैध रूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित उनी  बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

हिमालय एयरलाइन्सको विमानमा दोहाबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

थप अनुसन्धानका लागी उनलाई  त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved