मध्य र पश्चिम नेपालमा मुसलधारे वर्षा, तिनाउ नदीले खतराको तह पार गर्‍यो

बाढी सूचना केन्द्रल ठाउँ ठाउँमा बाढीको चेतावनी जारी गरेको छ । तिनाउ नदीले बुटवल क्षेत्रमा खतराको तह पार गरेको छ । नदी आसपासमा उच्च सतर्कता अपनाउन केन्द्रको आग्रह छ ।

नेपालभ्युज

मध्य र पश्चिम नेपालमा मुसलधारे वर्षा, तिनाउ नदीले खतराको तह पार गर्‍यो

काठमाडौं । गएराति मध्यर पश्चिम नेपालका केही ठाउँमा मुसलधारे पानी परेको छ । केही ठाउँमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन देशैभर एकसाथ सक्रिय नभएपनि खण्ड खण्ड रुपमा विभिन्न ठाउँमा मुसलधारे वर्षा भएको हो । पाल्पामा तीन घण्टामै  १ सय ४० मिलिमिटर पानी परेको छ ।

यस्तै, दाङको शुक्रबारेमा पनि १ सय एक मिलिमिटर पानी परेको छ । चितवन, नवलपुर, प्यूठान, अर्घाखाँची, दाङ र कैलालीका केही ठाउँमा पनि राति निकै ठूलो पानी परेको छ ।

यसैबीच, बाढी सूचना केन्द्रल ठाउँ ठाउँमा बाढीको चेतावनी जारी गरेको छ । तिनाउ नदीले बुटवल क्षेत्रमा खतराको तह पार गरेको छ । नदी आसपासमा उच्च सतर्कता अपनाउन केन्द्रको आग्रह छ ।

यस्तै, नवलपरासी, गुल्मी, प्यूठान, दाङ लगायतका केही ठाउँमा पनि विहान अबेरसम्म नै चनाखो रहन भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved