कांग्रेसभित्रका मतभेद तत्काल अन्त्य गर्न आवश्यक छ : सभापति देउवा

नेपालभ्युज

कांग्रेसभित्रका मतभेद तत्काल अन्त्य गर्न आवश्यक छ : सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेद तत्काल अन्त्य गर्न अति आवश्यक भएको बताएका छन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टी भित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाई गर्न नहुने तर्क गरे।

लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकतावद्ध हुन जरुरी रहेको देउवाको भनाई थियो ।

‘हाम्रो पार्टी एकता हुन जरुरी छ । सम्पूर्ण रुपले एकता भएको खण्डमा हाम्रो पार्टी सबभन्दा ठूलो पार्टी छ । बहुमतको पार्टी बनाउन अति आवश्यक छ । अहिले समावेशी समानुपातिक प्रतिनिधित्व छ । त्यसैले बहुमत आउन सक्दैन भन्ने भनाई पनि छ’ उनले भने, ‘हामीले आपसी मतभेदहरु हटाउन सक्यो भने, आपसका मनोमालिन्यहरु हटाउन सक्यौ भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्नेछ । धेरै ठाउँमा हाम्रो पार्टीलाई प्रमुख पार्टीको रुपमा स्थापित गर्न सकियोस्, लोकतन्त्रलाई सुदृढ बनाउन, स्थायी शान्ति कायम गर्न पनि नेपाली कांग्रेसले एकतावद्ध भएर अगाडि बढनुपर्छ ।’

सभापति देउवाले पार्टी भित्र एकता कायम भए नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी समेत गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved