जुम्ला गुठीचौर आगलागी घटनामा शंकास्पद दश जना प्रहरीको नियन्त्रणमा

जुम्ला गुठीचौर आगलागी घटनामा शंकास्पद दश जना प्रहरीको नियन्त्रणमा

सुर्खेत । शुक्रबार राति जुम्लाको गुठीचौर गाउँपालिकाका विभिन्न ठाउँका सात वटा घरमा आगो लगाएको घटनामा संग्लन रहेको आरोपमा प्रहरीले शंकास्पद १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले शंकास्पद १० जना व्यक्तिलाई नियन्त्रणमा जनाएको हो ।

आगलागी घटनामा संग्लन रहेको आशंका गरिएका १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । ‘अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।’ उनले भने,‘गुठीचौर चारका विभिन्न गाउँका गरी सातवटा घरहरूमा आगो लगाइएको छ ।’

गुठीचौर गाउँपालिकाको धवलपुर गाउँमा दुईवटा घर, बाउली गाउँमा एउटा, ढुडाखोजमा एउटा, माथिल्लो देहारजिबुर एउटा खल्लावाडामा दुईवटा गरी सातवटा घरमा आगो लागइएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved