‘आईएमई पे’मा उपहारको बहार

नेपालभ्युज

‘आईएमई पे’मा उपहारको बहार

काठमाडौं। ‘आईएमई पे’ ले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आईएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्यसम्म चल्नेछ ।

यो अफरअन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउनेछन् । साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ ।

यस अफरअन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरूको पुरस्कार वितरणको तस्वीर तथा भिडियो आईएमई पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यममार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्त्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ सुचारु गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved