सदस्य संख्या नघटेको एमालेको दाबी (विज्ञप्तिसहित)

नेपालभ्युज

सदस्य संख्या नघटेको एमालेको दाबी (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको संगठित सदस्य संख्या नघटेको दाबी गरेको छ । सदस्यता नवीकरण गरेकाहरुको विवरण आउने क्रम जारी रहेको भन्दै एमालेले हल्ला गरिएजस्तो सदस्य संख्या नघटेको दाबी गरेको हो ।

एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एक विज्ञप्ति जारी सदस्य संख्या ‘घटेको भन्ने हल्ला’को खण्डन गरेका हुन् ।

‘सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउने क्रम आरम्भ भइसकेको छ । साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्ने छ र दोस्रो हप्ताभित्र केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउने छ । स्मरणीय छ, यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो’, उनले भनेका छन्, ‘त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अंक नेपाल कम्युनिष्ट पार्टी एमाले अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । नेकपा (एमाले)को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ ।’

उनले आगामी महाधिवेशनमा एमालेको सदस्य संख्या उल्लेख्य ढंगमा बढाउने पनि बताएका छन् । उनका अनुसार आगामी महाधिवेशनसम्म एमालेले १० लाख संगठित सदस्य बनाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved