भन्सार पार गरेर सिनामंगल पुर्‍याइएको थियो बरामद सुन

नेपालभ्युज

भन्सार पार गरेर सिनामंगल पुर्‍याइएको थियो बरामद सुन

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार बरामद गरेको झण्डै एक क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुर्‍याइएपछि फेला पारिएको खुलासा भएको छ ।

विभागले बुधबार विशेष सूचनाको आधारमा अपरेशन सुरु गरेको थियो । विभाग स्रोतका अनुसार सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको छ । यो नेपालमा हालसम्म बरामद भएको सबैभन्दा ठूलो परिमाणको सुन हो ।

मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो ।

अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । एकजना भन्सार एजेन्ट र ट्याक्सी चालकलाई पक्राउ पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved