बालेनलाई करिश्माको कटाक्ष : ५० हजार जरिवाना लिएर ५ लाखको विज्ञापन गरिदिए

जथाभाबी पोस्टर टाँसेको भन्दै आफ्नो फिल्मलाई ५० हजार जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले १० गुणा बढी पैसा लाग्ने जत्तिको विज्ञापन भएको भन्दै कटाक्ष गरेकी छिन्।

नेपालभ्युज

बालेनलाई करिश्माको कटाक्ष : ५० हजार जरिवाना लिएर ५ लाखको विज्ञापन गरिदिए

काठमाडौं। जथाभाबी पोस्टर टाँसेको भन्दै आफ्नो फिल्मलाई ५० हजार जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले १० गुणा बढी पैसा लाग्ने जत्तिको विज्ञापन भएको भन्दै कटाक्ष गरेकी छिन्।

काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेपछि करिश्माले यस्तो कटाक्ष गरेकी हुन्।

फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन।’’

करिस्माको फिल्म ‘बगान’लाई काठमाडौं महानगरको तिरायो ५० हजार जरिवाना

करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरू आइरहेका छन्। अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको हो सरोज खनालको डेब्यु निर्देशनको फिल्म बगान।

करिश्मा मानन्धर, सरोज खनाल, प्रमीला कार्कीलगायतको शीर्ष भूमिका छ।

अभिनेता खनालको ‘बगान’ प्रदर्शनको तयारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved