‘बगान’ मार्फत निर्देशनमा खनाल

नेपालभ्युज

‘बगान’ मार्फत निर्देशनमा खनाल

काठमाडौं। अभिनेता सरोज खनाल फिल्म ‘बगान’मार्फत निर्देशनमा हात हालेका छन् । छ । हालै काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो ।

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र वानिका प्रधानकोस्वर रहेको छ । अभिनेत्री वसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतको अभिनय रहेको फिल्ममा स्वयम् निर्देशक खनालले समेत अभिनय गर्नुभएको छ ।

सयभन्दा बढी फिल्ममा अभिनय गरिसके तापनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिएका थिएनन् । पटकथासमेत स्वयम्ले लेखेका कथा फिल्मको कथा नाट्यकर्मी सुनील पोखरेलले उपलब्ध गराएको कथा सङ्ग्रहबाट ‘बगान’ बाट तयार गरिएको उनले जानकारी दिनुभयो । “पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ ।

उहाँले छाड्नुभएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले पत्रकार सम्मेलनमा भने,“लेखकले आफ्नो दायित्व पूरा गरे । उहाँले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ । ”

विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको अभिनेतासमेत रहेका निर्देशक खनालले बताए । नारायण जिसी र उत्सव दाहालले छायांकन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन् । फिल्म आगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved