आज पनि फोहोरका गाडी बञ्चरेडाँडा जान पाएनन्

नेपालभ्युज

आज पनि फोहोरका गाडी बञ्चरेडाँडा जान पाएनन्
फाइल तश्वीर

काठमाडौं। स्थानीयको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको फोहोर बोकेका गाडी दुई दिनदेखि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् ।

फोहोरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका हुन् ।

बञ्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण, प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका उनीहरुको माग छ ।

माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्थानीयबासिन्दाले बताएका छन् । बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहोर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved