सप्तकोशीमा शुक्रबार खसेको ट्रक निकालियो

नेपालभ्युज

सप्तकोशीमा शुक्रबार खसेको ट्रक निकालियो

सप्तरी। सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक शनिबार निकालिएको छ ।  शुक्रबार बिहान बससँग ठोक्किएर कोशीमा खसेको मे. १ ख ३००७ नम्बरको मालवाहक ट्रक क्रेनको सहायताले आज निकालिएको हो।

ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा सवारी आवागमन प्रभावित भएको थियो ।

सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो । ट्रकमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved