देशको परराष्ट्र नीति कमजोर भएकोमा देव गुरुङको चिन्ता

नेपालभ्युज

देशको परराष्ट्र नीति कमजोर भएकोमा देव गुरुङको चिन्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशको असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको परराष्ट्र नीति कमजोर भएप्रति चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा उनले राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताए । ‘पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर हुँदै गइरहेको छ’, उनले भने, ‘स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको छ ।’

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा विकास, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता बढेको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved