२५ अंकले बढ्यो सेयर बजार, ३ अर्ब १८ करोडको कारोबार

नेपालभ्युज

२५ अंकले बढ्यो सेयर बजार, ३ अर्ब १८ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। बुधबार नेप्से परिसूचक २५ अंकले  बढेको छ । मंगलबार सामान्य अंकले घटेको नेप्से सूचकमा आज २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो ।

आज कारोबार रकमसमेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक ४.४१ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।

फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक भने आज क्रमशः १.९५ प्रतिशत र ०.८७ प्रतिशतले घट्न पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved