सामाजिक संजालमा निगरानी बढाउन अष्ट्रेलियाली सांसदको माग

नेपालभ्युज

सामाजिक संजालमा निगरानी बढाउन अष्ट्रेलियाली सांसदको माग

काठमाडौं। अष्ट्रेलियाली संसदमा नक्कली फेसबुक अकाउन्टको संजालले असन्तुष्टि फैलाउने कार्य बढिरहेको विषयमा छलफल भएको छ।

चीनबाट सुचारु विभिन्न नक्कली फेसबुक अकाउन्टको बढ्दो संख्याले राष्ट्रमा असन्तुष्टि फैलाउने कार्य बढिरहेको अष्ट्रेलियाली सांसदहरुले मंगलबार जानकारी गराएका हुन्।

सांसदहरुले सो अवस्थालाई ध्यानाकर्षण गर्दै अष्ट्रेलियामा यसको प्रभाव बढ्दै गएको बताए। राष्ट्रिय सुरक्षामा प्रश्न उठ्न सक्ने भन्दै फेसबुक, ट्वीटर, टीक टक जस्ता विभिन्न सामाजिक संजालको प्रयोगमा कडाइ गर्न सांंसदहरुले माग गरेका छन्। व्यक्तिगत जानकारीको पूर्ण सुरक्षाको लागि सामाजिक संजालको कार्यशैलीमा निगरानी राख्न पनि माग गरिएको हो।

मेटाले भने यो अवस्थालाई जटिल हुनबाट रोक्न गृहकार्य गरिरहेको बताएको छ। विगत सात महिनामा चीन केन्द्रित संजालहरुको रणनीतिमा परिवर्तन देखिएको मेटाले जनाएको छ। विदेशी हस्तक्षेपको बारेमा सिनेट छानबिनको क्रममा मेटाले सो जानकारी गराएको हो ।

मेटाका प्रवक्ता जोश मचिनले चिनियाँ फेसबुक अकाउन्टले पत्रकार, जन सम्पर्क कार्यालय र परोपकारी संस्थाहरुलाई लक्षित गरि जनधारणामा परिवर्तन ल्याउन प्रयास गरिरहेको बताए।

‘नयाँ रणनीतिको साथ यो कार्य भईरहेको छ।’ मेटाले यूरोपविरुद्ध गलत सुचना प्रवाह गरेका चिनियाँ–केन्द्रित दर्जनौँ फेसबुक अकाउन्टलाई हटाइसकेको छ’ मचिनले भने, ‘यस्ता अकाउन्टले आप्रावासी र एलजीबीटीक्यू समूदायलाई बढि लक्षित गरेको पाइएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved