एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

नेपालभ्युज

एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् ।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दावी थियो ।

उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।

‘यसको बारेमा त तपाईले अस्ती तिरै थाहा पाई सक्नुपर्ने हो । गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरु बालुवाटारमा अस्तीनै बसेको बैठकमा उपस्थिति थियौं, राजीनामा गर्नु पर्दैन’ उनले भने, ‘एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पथ्र्यों । संसदमा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन ।’

‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नु हुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो’, उनले भने ।

एमालेले भारतीय नागरिक प्रीतम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved